मंसिर ४ मा निर्वाचनको मिति पक्कापक्की : प्रवक्ता महत
काठमाडाैं | साउन १३, २०७९
तस्बिर फाइल
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापा गाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनले मंसिर ४ का लागि औपचारिक रुपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्।
‘मंसिर ४ मा त निर्वाचनको मिति पक्काकक्की छ। औपचारीक रुपमा घोषणा नै हुँदैछ,’ उनले भने।
कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहेपनि सफलतापूर्वक सम्पन्न भएको बताए । युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पु¥याउने जिम्मेवारी रहेको उनको भनाइ थियो । ‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ’, उनले भने ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

